प्रचण्डलाई राष्ट्रपती बनाएर पार्टी एकिकरण गर्ने यस्तो छ योजना !

                                   

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई माओवादी केन्द्रसंग पार्टी एकता गर्न तयार रहेको खुलासा भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।

उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा बृहत छलफल भएको बताएपछि उक्त खुलासा भएको हो । भेटमा बादलले आफ्नो एकमहिनादेखि भट्टराईसँग विशेष कुराकानी भएको भन्दै छिट्टै पार्टी एकता गर्ने सहमति नजिक रहेको जानकारी दिएका हुन् ।

पाँच ‘स’ को अवधारणा सहित गठन गरिएको नयाँशक्ति स्थापना भएको एक वर्षमै त्यहाँ रहेका थुप्रै चर्चित नेताहरुले पार्टी परित्याग गरेपछि भट्टराईको बैकल्पिक शक्ति बनाउने अभियान त्यतिकै विफल भएको थियो ।

नेपाली कांग्रेससँग मिलेर गोरखाबाट चुनाव जितेका भट्टराईको पार्टी समानुपातिक तर्फ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

दुई दिन अघि कास्कीमा सकिएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकताबारेमा ठोस निर्णय नगरेपनि माओवादी केन्द्रसँग भट्टराई नजिक भएर गतिविधि सञ्चालन गरिरहेका थिए । केही दिन अघि मात्रै भट्टराई माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ निवास खुमलटार पुगेर भेट गरेका थिए ।

भेटमा भएका सबै कुरा सार्वजनिक नगरिए पनि प्रचण्डले राष्ट्रिय शक्तिमा आउन आग्रह गरेका थिए । बादलले भट्टराईलाई पार्टी एकता गराए त्यो उनको जीवनको लागि ठूलो सफलता हुने विश्लेषण गरिएको छ ।

यस्तो छ बादल बाबुराम योजना:

माओवादी अध्यक्ष प्रचण्डले रामबहादुर थापा बादललाई राष्ट्रपती बनाउने योजना अघी सारे संगै बादल खेमाका केहि नेताले यसको बिरोध गरेका थिए ।

राष्ट्रपती आलंकारिक पद रहेको र सकृय राजनिती गरेर कार्यकारी नेतृत्व लिने मनस्थितिमा बसेका बादल भित्री रुपमा यो प्रस्ताव प्रती खुशी छैनन । बरु बादल दुई पटक प्रधानमन्त्री भईसकेका प्रचण्ड राष्ट्रपती बनिदिए हुन्थ्यो भन्ने चाहन्छन ।

केहि समययता निरन्तर गोप्य संवादमा रहेका बादल र बाबुराम बिचको भेटमा भट्टराईले बादललाई भाबी प्रधानमन्त्री भन्दै राष्ट्रपती प्रचन्डलाई बनाउनु उपयुक्त हुने सुझाव दिएको स्रोतको दाबी छ ।

डा. भट्टराइले आफुलाई एकिकृत पार्टिको अध्यक्ष बनाए पार्टी एकता गर्न लचक हुने संकेत गरेको एक नेताले नुवाकोट एक्स्प्रेसलाई बताए ।

प्रकाशित मिति - आइतवार, पुस २३, २०७४