प्रहार न्युज

नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

मकवानपुर– प्रहरीले आफनै नवजात शिशुको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आफैंले जन्माएको शिशुको हत्या गरेको अभियोगमा बकैया गाँउपालिका–६ भ¥याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

घलानले आइतबार आफैँले जन्माएको शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, हुचिल बिक्री वितरण गर्न लागेको आरोपमा प्रहरीले ललितपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । तामाकोशी गाउँपालिका–७ घर भई ललितपुर इमाडोल बस्ने २४ वर्षीय जेबी राईसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहलाई आइतबार काठमाडौं महानगरपालिका–६ बौद्ध गेटबाट पक्राउ गरेको जनाइएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology