अबदेखि पत्रकारहरू संग समाचारकाे स्राेत माग्न नपाइने

                                   

काठमाडौ – प्रेस काउन्सिल नेपालले महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रवीन्द्र धानुकसंग छलफल गरेर कुनै पनि पत्रकार संग समाचारको स्रोत माग्न नपाउने सहमति गरेका छन ।

आइतबार नवराज सिलवालका विषयमा छापिएको समाचारबारे सुशासन अनलाइनलार्इ प्रहरीले पत्र काटेपछि प्रेस काउन्सिलले सोमबार काठमाडौंमा प्रहरी प्रमुख धानुकलाई बोलाएर यसबारे छलफल गरेको हो । प्रेस काउन्सिलले समाचारका जुनसुकै विषयमा पनि लेख्न पनि पत्रकार लार्इ छुट भएकाले केही विषयमा छलफल गर्नुपरेमा प्रेस काउन्सिल मार्फत आउनुपर्ने सुझाव दिएका छन ।

प्रहरीले भने पूर्वडीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको बताएका छन । प्रहरीले समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत भएको भन्दै पत्रकारितासम्बन्धी सबै विषय हेर्ने निकाय प्रेस काउन्सिल भएकाले यो प्रकरण पनि अब काउन्सिल हेर्ने काउन्सिलले जनाएको छ ।’आइतबार प्रहरीले विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै पत्रमा लेखेको थियो ।

प्रहरी अधिकारीहरुसँगको छलफलमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक वीरबहादुृर राई, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति - सोमवार, पुस २४, २०७४