डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

                                   

काठमाडौं – सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा.गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा.केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा। केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए । त्यही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश शाहीको इजलासले केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा। केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाशी शाहीको पनि आलोचना गरेका थिए ।

प्रकाशित मिति - सोमवार, पुस २४, २०७४