प्रधानन्यायाधीश गोपाल पराजुली भन्छन्- सडकको नाराबाजीले फरक पर्दैन

                                   

रुकुम – प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।

उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।

आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।

प्रकाशित मिति - शनिबार, पुस २९, २०७४