गाएक प्रसाद खप्तरी मगरले ल्याए गुल्मी भार्सेको मौलिक ठाडो भाका


चर्चित लोक तथा दोहोरी गाएक प्रसाद खप्तरी मगरले आम लोक पारखीहरुको लागि नयाँ वर्षको अबसर पारेर फेरी अर्को मौलिक गीत बजारमा ल्याएका छन् । नयाँ बर्ष २०७४ सालको मंगलमय शुभकामना सहित गाएक खप्तरीले गुल्मीको भार्सेमा प्रचलित प्राचिन संस्कृति झल्किने मौलिक सालैजो ठाडो भाका बिना सालैजो युट्युब मार्फत शुक्रबार सार्वजनिक गरेका हुन् । गुल्मीको भार्से र भार्से आसपासको क्षेत्रमा प्रचलित मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले भार्सेली समाजसेबी लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी र थल श्रीस मगरको अगुवाइमा यो ठाडो भाका तयार गरिएको हो । गायक प्रसाद खप्तरी मगरको लय तथा शब्द रहेको यो गीतमा बहुचर्चित कलाकाहरु देबी घर्ती, श्रीबुढाथोकी र सञ्जु थापा मगरले स्वर दिएका छन् । बीबी अनुरागीले एरेन्ज गरेको गीत राजधानीको प्रिज्म रेकडिङ्ग स्टूडियोमा रेकर्ड गरिएको हो । भार्से मै तयार गरिएको म्यूजिक भिडियो पनि उत्तिकै उत्कृष्ट र जीवन्त रहेको छ । मौलिकता र संस्कृतिलाई जोगाउने उद्धेश्यले तयार गरिएको भिडियोको छायाङ्कन दुर्गा पौडेलले गरेका छन् । भार्से मै तयार गरिएको भिडियोमा त्यस क्षेत्रमा रहेको मौलिक संस्कारलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ । सबै कलाकारहरु ब्यवसायिकताका नाममा उत्ताउला गीतहरु गाउने होडबाजिमा लागेका बेला खप्तरीले भने मौलिक संस्कारको जगेर्ना गर्न तर्फ लागि परेका छन् । हुन त पछिल्लो समय पारिवारिक रुपमा हेर्न समेत अप्ठेरो लाग्ने म्यूजिक भिडियो बनिरहेका बेला प्राचिन संस्कारलाई खप्तरीले जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन् । उनको योगदानले लोकसंगीतको क्षेत्रमा महत्वपूर्णं भूमिका खेल्ने धेरैको बुझाई छ । सालैजो, सोरठी र ठाडो भाका बढी गाउने खप्तरीका गीत खुर्पेटोमा आसी, सालैजो, उनकै हुन पाउँछु पाउँदिन लागएतका दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन्

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार