प्रहारन्युज डेक्स

अञ्जली अधिकारीले ‘मुख चुच्चो पारेर सेल्फी खिच्दै, तीज गीतमा (हेर्नुस भिडियो)

सुजन बिश्वकर्मा

योग्सना डिजिटल म्युजिक प्रा.लीको प्रस्तुतिमा अत्यन्तै रमाइलो “मुख चुच्चो पार माया” बोलको तीज गीत सुत्र इन्टरटेन्टमेन्टको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गणेश अधिकारीको मिठास पुर्ण लय तथा अत्यन्तै उत्कृष्ट शब्द रहेको गीतमा गणेश अधिकारी र एलिना खनालको सुमधुर स्वर रहेको छ ।

बहुचर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जली अधिकारीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् भने सुजन कोइराला र उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ ।

अत्यन्तै रमाइलो र उत्कृष्ट बनेको तीज गीत सान्दर्भिक बिषयमा निर्माण गरिएको छ उक्त गीतको भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology