प्रहारन्युज डेक्स

यस्तो बन्दैछ सलमान खानको नयाँ घर

बलिउड अभिनेता सलमान खान आफु बस्दै आएको घर छाडेर नयाँ घरमा सर्ने मनशायमा पुगेका छन । हालै सार्वजनिक गरिएको खबरका अनुसार उनी आफु बस्दै आएको ग्यालेक्सी अर्पाटमेन्ट छाडेर छ तलाको नयाँ घरमा बसाई सर्ने योजना बनाईरहेका छन् ।

मुम्बईको चिम्बाई रोडस्थित् सलमान खानका बुवा सलिम खानले आफ्नी श्रीमतीसंग मिलेर २०११ मा एक प्लट किनेका थिए । त्यो बेलाको भारतीय मुल्य अनुसार उक्त जमिनको बजार मुल्य १४.४ करोडमा किनेका थिए ।

बुवाले किनेको जमिनमा घर बनाउनको लागि खान परिवारले मुम्बई महानगरपालिकासंग अनुमति माँगिसकेका छन । प्राप्त पछिल्ला खवर अनुसार त्यो अर्पाटमेन्ट तयार भएपछि सलमानको पुरा परिवार एकसाथ यसै घरमा रहनेछ । निर्माण हुन गैरहेको यो घर हालको ग्यालेक्सि अर्पाटमेन्टको साथैैमा रहेको छ ।

यो जमिनमा अहिले दुईओटा कटेज बनेका छन जो जर्जर स्थितिमा पुगिसकेका छन । नयाँ घर निर्माणको लागि यो दुई पुरानो घरलाई ताडिने जानाईएको छ । महानगरमा दिएको नक्सा अनुसार आँगनमा १६ कार पार्किङको व्यवस्था रहनेछ । हरेक तलामा २५० वर्गफिटका दुई बेडरुम र ४०० वर्गफिटका लिविङ रुम हुनेछन भने घरको छतलाई खालि छोडिने छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology