प्रहारन्युज डेक्स

गायक राजु लामाको स्वरमा नयाँ गीत ‘सरसर….’सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं– एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर…..’ वोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्याको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ ।

जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ ।  सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology