प्रहार न्युज

मलाइकाले भनिन्-‘अरवाज नै मेरो पहिलो र अन्तिम प्रेम’

बलिउडमा नायिका मलाइका अरोरा खान र नायक अरवाज खानको बैबाहिक जीवनमा विश्राम लागिसकेको छ । शंकै शंका कारण उनीहरुको बैबाहिक जीवन डिभोर्समा परिणत भएको थियो ।

मलाइका र अभिनेता अर्जुन कपुरको प्रेमका कारण अरवाजसँग उनी अलग्गिएको खबर पनि सार्वजनिक भैरहेका छन् । अर्जुन कपुरसँग मलाइकाले डेट गर्दा अरवाज रिसाएको खबर मिडियामा आइरहेको थियो ।तर, मलाइका अरोराले अर्जुनसँगको डेटको बारेमा मुख खोलेकी छिन् । मलाइकाले मिडियासँग कुराकानीका क्रममा भनिन्-‘मलाई त डेटिङको बारेमा केही पनि थाहा छैन । यस्तो कुरा मैले वुझ्दिन ।’उनले अगाडि भनिन्-‘मैले आफ्नो जिन्दगीमा एकपटक मात्र प्रेम गरेको छु । जोसँग प्रेम गरेँ उसैसँग बिहे पनि गरेँ ।’ उनले अरवाजसँग डेट गरेर उनीसँग नै बिहे गरेको बताएर अर्जुन कपुरसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology