प्रहारन्युज डेक्स

नृत्य निर्देशक दिप गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’

काठमाडौं– पछिल्लो समय निकै व्यस्त रहेका लोकप्रिय नृत्य निर्देशक दिप गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न भएको प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५ मा समारोहमा नृत्य निर्देशक दिप गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको हो । उनलाई ‘सिरानचोकको सेरोफेरो’ वोलको मौलीक गीतबाट ‘सगरमाथा मौलीक गीत अवार्ड’ दिईएको हो ।

गीतमा गोरखाको सेरोफेरोलाई बर्डन गरिएको छ । गीतमा निकै नै मिठो मौलीक शब्दहरु सुन्न पाईन्छ । जसमा गायक ताथ सर्जक गणेश गुरुङको शब्द, संगीत रहेको छ भने गणेश र साथीहरुको सुमधुर स्वर रहेको छ । पछिल्लो समय नृत्य निर्देशक दिप गुरुङले निकै नै लोकप्रिय मौलीक गीतहरुलाई जस्ताको तस्तै मैलीक पनमा नृत्य निर्देशन गरेका छन् ।

गोरखाको सिरानचोकको डाँडामा बाबु मनकाजी गुरुङ र आमा मनिता गुरुङको कोखबाट जन्मीएका दिप गुरुङ सिरानचोककै हावा पानीमा हुर्किए । गाउँको स्कुलबाट एसएलसी पास भएपछि उनी उच्चशिक्षाका लागि काठमाडौं प्रवेश गरेका थिए । उनले काठमाडौंलाई उच्चशिक्षाका साथसाथै कर्मथलो पनि बनाउन सफल भए । उनको रोवी रोटी बन्यो गीतसंगीत क्षेत्र ।

पछिल्लो समय दिपले गीतसंगीत क्षेत्रलाई आफ्नो ब्यबसाहि हिसाबमा संचालन गरिरहेका छन् । उनले आफ्नो गाउँलाई मौलीक गीत मार्फत चिनाउने कोशिस गरेका छन् । उनलाई हरेक पाईलामा श्रीमती हेमा गुरुङले साथ दिएकी छन् । हेमा पनि नृत्य निर्देशक हुन् । नृत्य निर्देशनमा पोख्त रहेकी हेमा आफ्ना श्रीमानलाई मौलीक नृत्य निर्देशनमा निकै साथ दिईरहेकी छिन् ।

राजधानीको जमलस्थित रहेको राष्ट्रिय साँस्कृतिक संथानमा आयोजीत ‘प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५’ समारोहमा नृत्य निर्देशक दिप गुरुङ र भिमु गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको थियो भने, सोही समारोहमा पछिल्लो समय निकै व्यस्त रहेका र कौडा गीतको श्रीवृद्धिमा पु–याएको योगदानको उच्च मुल्याकंन गर्दै लोकप्रिय गायक गणेश गुरुङलाई ‘सगरमाथा संगीत रत्न सम्मान’बाट सम्मान गरिएको थियो ।

गायक गुरुङ नेपाली मौलीक गीतमा शब्द लेखन, संगीत सिर्जना तथा गायनमा पोख्त रहेको भन्दै ‘सगरमाथा संगीत रत्न सम्मान’ गरिएको हो । दिप, भिमु र गणेशको साथमा रंग पत्रकारीता विधामा कलम चलाईरहेका सात जना पत्रकारहरु पनि सम्मानित भएका थिए । सम्मानित हुने पत्रकारहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी रहेका छन् भने पत्रकार गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिष्ट र आयोजक समितिको अध्यक्ष मनोज थापाले सम्मान गरेका थिए । सबै कलाकार तथा पत्रकारहरु एक दशक भन्दा लामो समयदेखी आ–आफ्नो क्षेत्रमा सक्रिय रहेका छन् । समारोहमा विभिन्न ४४ विधामा स्रष्टा तथा सिर्जनालाई अवार्ड प्रदान गरिएको थियो ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology