प्रहारन्युज डेक्स

चर्चित गायक गणेश गुरुङले हात पारे ‘सर्वोकृष्ट कौडा किङ’को अवार्ड

काठमाडौं– पछिल्लो समय निकै ब्यस्त भएका लोकप्रिय कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले सर्वोकृष्ट ‘कौडा किङ’को अवार्ड हात पार्न सफल भएका छन् ।

मनास्लु मिडिया प्रालिद्वारा आयोजित ‘दोस्रो मनास्लु राष्ट्रिय अवार्ड–२०७५’ सम्पन्न अवार्डमा उनले अवार्ड हात पार्न सफल भएका हुन् । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उक्त अवार्ड सम्पन्न भएको थियो ।

पूर्व सभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड समारोहमा ३९ विधामा विभिन्न व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

पछिल्लो समय कौडा किङ गणेश गुरुङ नेपाल मा रहेका छैनन् । उनी सांगितक कार्यक्रमका लागि यूरोपमा रहेका छन् । सांगितक कार्यक्रमका लागि यूरोपको बेल्जियम पुगेका हुन् ।

गुरुङ जातीको महान पर्व ‘तमु ल्होसार’को अवसरमा ‘तमु समाज बेल्जियम’को आयोजना रहेको कार्यत्रलममा कौडा किङ गणेश गुरुङ आफ्नो सांगितक प्रस्तुती दिन यूरोपस्थित बेल्जियम पुगेका हुन् । कार्यक्रमका लागि कौडा किङ गुरुङका साथमा गायक नरजंग गुरुङ पनि बेल्जियम गएका छन् ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology