प्रहारन्युज डेक्स

बन्ने भयो चलचित्र ‘लव जोन’

काठमाडौं– गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशनमा नेपाली कथानक चलचित्र ‘लव जोन’ बन्ने भएको छ । बर्मा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘लव जोन’मा राजु पौड्यालको प्रस्तुती रहने छ भने, ओम बहादुर कार्की निर्माता रहने छन् ।

नेपाली कथानक चलचित्र ‘लव जोन’ मा सम्पुर्ण कलाकार नयाँ रहने छनु । यस चलचित्रका नयाँ अनुहारमा प्रेरणा बोहरालाई प्रस्तुत गरिँदैछ । चलचित्रमा राजु श्रेष्ठ, राजन श्रेष्ठ, क्रुज लामा, रुबिना थापा, राजु पौड्याल, कमल महर्जन र डिबि लामाको अभिनयरहने छ ।

त्यस्तै, बिक्रम कार्कीको छायांकन, राजन महर्जन र सुरेस पाण्डेको नृत्य, कुमार कार्कीको प्रोडक्सन रहने छ । चलचित्रमा बाबुल गिरीको संगीत, नित्याशिवा, बाबुल गिरी, प्रबिशा अधिकारीको आवाज रहने छ ।

चलचित्रलाई प्रेम शर्मा पौडेलले सम्पादन गर्नेछन् । यही पौष २९ गतेबाट रामेछाप ओरपरको एरियामा चलचित्रको छायांकन गरिने छ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology