प्रहारन्युज डेक्स

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानप्रति नेपाल चलचित्र नृत्य सङ्घको विरोध (प्रेस विज्ञप्ति सहित)

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नियुक्तिलाई नेपाल चलचित्र नृत्य सङ्घले विरोध गरेको छ । नेपाल चलचित्र नृत्य सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको नियुक्तिले समग्र नृत्य कर्मीहरुको मनोबल गिराउने कदम गरेको भन्दै विरोध गरेको हो ।

नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष वसन्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले गठन गरेको प्रतिष्ठानको नियुक्तिमा नेपाली नृत्यलाई अपमान गरेको छ । कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नु लज्जास्पद विषय हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ति हुनको साटो आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन ।

नृत्य क्षेत्रको घोर अपमान भएको ठहर गरी तत्काल आफ्नो कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुननियुक्ति जोडदार माग गर्दछ ।

यदी सरकारले पुननियुक्ति गनै सक्दैन भने समग्र नृत्यकर्मीहरुको आत्मसम्मान र प्रतिष्ठान बढाउने खालको स्वायत्तः नेपाल नृत्य प्रज्ञा प्रतिष्ठानको गठन गरोस भन्ने माग गर्दछ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology