प्रहारन्युज डेक्स

चर्चित गीतकार चौलागाईको शब्दमा सालैजो गीत सर्वजनिक

काठमाडौं । लोक गीत पारखीहरुको लागि चर्चित गीतकार गणेश चौलागाईको शब्दमा निकै मिठो सालैजो गीत सर्वजनिक भएको छ । गीतमा चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र गायक सिलवालको आवाज रहेको छ ।

युरोपमा रहेर पनि नेपाली गीतसंगीतलाई निकै माया गर्ने संगीतकार दुर्गा थापाले यस गीतमा लय भरेका छन् भने, उनैले मिठो संगीत संयोजन पनि गरेका छन् । उक्त सालैजो गीत परदेशी गायक सुर्य खड्काको युट्यसव च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित नायिका सबिना कार्की र चर्चित मोडल निर्मल छेत्रीको अभिनय रहेको छ भने मधुर बस्नेतको छायांकन र बिनोद बमको निर्देशन रहेको छ।

गीतको म्युजिक भिडियोमा ७ बर्षकी सानी नानीको दमदार नृत्य पनि रहेकोले भिडियो अझै आकर्षक बनेको गायक सिलवालले बताउनुभयो। ‍गीतले सधैंझैं दर्शक र श्रोताहरुको माया र साथ पाउने गायकको बिश्वास छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology