प्रहारन्युज डेक्स

चर्चित गायक कृष्ण र गायिका मीनाको स्वरमा ‘केबल कारैमा’ भिडियो सहित सार्वजनिक

काठमाडौं । ‘केबल कारैमा’ वोलको गीत सार्वजनिक भएको छ । गायक कृष्ण भट्टराई र गायिका मीना निरौलाको स्वरमा रहेको ‘केबल कारैमा’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको हो । गायक भट्टराईले यसअघि ‘कुल कुल’ बोलको गीत सार्वजनिक गरेका थिए ।

उनको गीतलाई दर्शक–श्रोतले निकै मन पराएका थिए । बुधबार युट्युबबाट सार्वजनिक यो गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’ मा समाबेश छ । उक्त एल्बममा चार गीत अटाएका छन् ।

कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्त लगायतको स्वरमा रहेको छ । उक्त एल्बम केही समयपछि सार्वजनिक गरिने गीतकार प्रधानले जानकारी गराएका छन् ।

‘केबल कारैमा’ गीतको भिडियोतर्फ इन्डियाको रियालिटी शो ‘डान्स प्लस’मा फस्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी बुगीकी बिजेता कविता नेपालीले अभिनय गरेको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माले छाया“कन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । यो गीत टिकटक कम्पिटेसन पनि गरिने भएको छ । टिकटक कम्पिटेसनमा बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology