प्रहारन्युज डेक्स

रिमेक भर्सनमा मौलीक गीत ‘सल्ला धुपैले’ सार्वजनिक

काठमाडौं । कौरा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः रिमेक भर्सनमा सार्वजनिक भएको छ । रिमेक भर्सनको ‘सल्ला धुपैले’मा कौरा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ ।

यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौरा किङ गुरुङले नै भरेका हुन् । जसमा कमल सौरागको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

उक्त रिमेक मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । रिमेक ‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो । यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

Loading...

© Copyright 2015-2019 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology