Prakash

बिरहका भाका लेखेरमात्र साहित्य बन्दैन – खगेन्द्र भण्डारी “जन्तरे”

खगेन्द्र भण्डारी “जन्तरे” करिब तीन दशक देखि साहित्यलेखनमा सकृय हुनुहुन्छ । उहाँको जन्म भुटानमा भएको हो।उहाँले सानै देखि शरणार्थी जीवन बिताउनु भयो उहाँको शिक्षा पनि शरणार्थी शिविरबाट गर्नु भएको शरणार्थी जीवनबिताउदा आईपरेको विभिन्न समस्या तथा आरोह अवरोहहरुले नै साहित्य लेखनको प्रमुख आधार हो।स्कुल पढ्दा देखि नै कविताबाट आफ्नो साहित्यिक सुरु गर्नु भएको हो।कविता गद्य र पद्य दुवैमा लेख्नु हुन्छ ।उहाँ अहिले बहु बिधामा(कविता ,गजल,मुक्तक नाटक)कलम चलाउनु हुन्छ।विभिन्न साहित्यिक कार्यक्रममा कविताको बयान र दर्जनौं नाटक मन्चन गरिसक्नु भएको छ । विभिन्न साहित्यिक संस्थाबाट दर्जनौं पुरस्कार बाट पुरस्कृत भइसक्नु भएको छ ।दुई दशक अगाडी “बाल आवाज” नामक बालकविता सङ्ग्रह निकाल्ने तयारी हुदाहुदै पनि आर्थिक अभावको कारणले स्थगित भएको थियो ।शरणार्थी शिविरको अव्यवस्थित बसाईको कारण थुरै कविता हराएर चिन्तित हुनुहुन्थ्यो साहित्यकार इन्द्रबहादुर राई लगायतका विभिन्न साहित्यकारहरुसँग भेट भए पश्चात् पुन लेखनमा हौसला मिलेको बताउनु हुन्छ।उहाँको हालसालै june 9th 2018मा पहिलो पुस्तक “सम्झनामा देश” अमेरिकाको ओहायो राज्यको सिन्सिनिटी शहरमा बिमोचन हुदैछ।सम्झनामा देश भित्र (कविता(गद्य र पद्य), गजल र मुक्तक पनि छ्न । यो हरेक बिधा समिश्रण भएको पुस्तक हो।बीस बर्ष शरणार्थी जिवन बिताउदाका अनगिन्ती भोगाइ ,आधा पेट र अनिदा रातहरुको आँसुका व्यथा बाट देश प्रेम ,माया प्रेम,बिद्रोह त्याग र समर्पण उनको पुस्तक मा भेटिन्छ।8 बर्षमै आफ्नो देश छोड्नु पर्दा र फेरि आफ्नो देश भनेर फर्किन नपाएको नमिठो भोगाईलाई समेटेर पुस्तकको नाम”सम्झनामा देश” राखिएको हो।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ?
_आफ्नै पहिलो कृति “सम्झनामा देश” र अन्य साहित्यिक सिर्जना, गोष्ठी, कार्यक्रम, नर्सिग र अाफ्नै पेशामा व्यस्त छु ।

तपाईंको विचारमा साहित्य के हो?साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ?
_ साहित्य समाजको दर्पण र प्रतिबिम्ब पनि हाे । चेतना र बिचार सँगै साहित्यमा नव सन्देश हुन आवश्यक ठान्दछु। अतः मेराे विचारमा कलात्मक अभिव्यक्ति नै साहित्य हाे ।

कुन समयमा भावना फुर्छ? विशेष कुन बिधालाई बढी प्राथमिकता दिनुहुन्छ?
_समयले खासै महत्व नराख्ला तर एकाग्रता र सान्त वातावरणको आवश्यक हुन्छ । मेरो कलम रात्रीकाली न समयमा धेरै चल्ने गर्छ । गजल हरु पनि लेख्ने गर्छु तर कविता नै बढि लेख्छु ।

झन्डै तीन दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ?अहिलेको नेपाली साहित्यको स्थिती बारे कत्तिको सकारात्मक हुनुहुन्छ?
_ त्यो बेलाको साहित्यले हामिलाइ संस्कार सिकाउंथ्यो भने अहिले सत्कार सिकाउनु पर्ने हो तर बिडम्बना त्यसो हुन सकेन। अहिले प्रचारात्मक धेर प्रतिकात्मक थोर हो कि जस्तो लाग्छ। तर समग्रमा आजको युग सुहाउंदो छ।

छन्द र बहर विना सिर्जना अपुर्ण हुने हो?यस बिषयमा के भन्नु हुन्छ?
_छन्द र बहर मात्र साहित्य होइन । एउटै गन्तब्यमा पुग्ने अनेकन बाटाहरु हुन्छन्। बाटाहरु लामो या छोटा होलान् तर गलत हुन् भन्न नमिल्ला ! तर आधारभूत नियमहरु पालना भएको खण्डमा भने साहित्य सुन्दर हुन्छ नै ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?
_ प्रविधिले साहित्यलाइ प्रभाव हैन सरल बनाइ दिएको छ धेरै अर्थमा । बुझे साहित्य पनि विज्ञान हो। हरेक दिन केहि न केहि नयाँ आविष्कार हुन्छ ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देख्नु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला?
_यसमा प्रचार र पहुँचले धेरै बिगारेको छ । यो राम्रो होइन । बिकट गाउंको महिला लेखकले पनि सुलभ सहरको पुरुष लेखक भन्दा कयौं गुणा राम्रो लेखेका छन् र लेखिरहने छन् ।

लाईक ,कमेन्ट र सेयरको आधारमा सिर्जना पुरस्कृत गरिन्छ यस्तो प्रक्रियाले उत्कृष्ट सिर्जनाको छनोट हुन सक्ला त?यस्तो प्रक्रिया तपाईंलाई कस्तो लाग्छ ?
_यो विकृतिको पराकाष्ठा हो। यसमा रमाउने सिमीत झुण्डहरु आफैँ लज्जित हुन्छन् ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?
_यसले समग्र साहित्यलाइ हैन बरु स्वघोषित साहित्यकार भनौदाहरुलाइ टेवा पुगेको छ । नाता र कृपाले क्षणिक फाइदा गर्ला तर सहि लेखकहरु ओझेल पर्न सक्छन् र परेका पनि छन् ।

साहित्यलाई नै अंगालेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन?
– साह्रै थोरै सर्जकहरु मात्रै व्यवसाहिक बन्नसके ।साहित्य एउटा ब्यक्तिबाट सृर्जित हुन्छ तर सम्पूर्ण देशको गर्व बन्न पनि सक्छ त्यसैले राषट्रले उचित कदम र जिम्मेवारि लिए राम्रो हुने हो ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
– साहित्य समाजको एेना त हुदै हो तर अब यसलाई मार्ग दर्शक ठान्नु पर्दछ । बिरहका भाका लेखेरमात्र साहित्य बन्दैन जस्तो लाग्छ ।

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महशुस गर्न सकिएला?
_ भाषा माध्यम हो भने साहित्य सिर्जना हो । राम्रा सिर्जनाहरु राष्ट्रका सम्पत्ति हुन् भन्ने ठानर राष्ट्रले यथोचित संरक्षण गरिदिए राम्राे हुन्थ्याे ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ?
-सबैकुराको आ-आफ्नै ठाउँ हुन्छ । सहि कुरालाइ सहि ठाउमा प्रयोग भयो भने मात्र राम्रो हुन्छ । कतिपय आगन्तुक शब्दहरुपनि हाम्रो दैनिकीमा अनिवार्य प्रयोग हुन थालेको पाइन्छ । धेरै खोज्यो भने भएको पनि बिग्रन्छ ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाँकी छ कि?
_मनु बिद्रोहि बहिनीलाइ धेरै धन्यवाद दिन चाहान्छु यो समय र अवसरको लागि ।

 

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology