Prakash

गुरुङ साहित्यिक मञ्चको पहिलो साधारण सभा सम्पन्न

पोखरा, पुस २८ गते । गुरुङ साहित्यिक मञ्च नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । सो सभासँगै नियमित रचना वाचनको पहिलो शृङ्खलामा डेढ दर्जन साहित्यकारले आफ्ना रचना वाचन गरेका छन् ।
मञ्चकी अध्यक्ष गौरी तमुको अध्यक्षतामा भएको कार्यव्रmमका प्रमुख अतिथि टप्स बोर्डिङ स्कुलका संस्थापक÷प्राचार्य तथा बुद्धिजीवी रत्नमान गुरुङले गुरुङ समुदाय पनि प्राज्ञिक कर्ममा अग्रसर हुनुपर्ने बताउनुभयो । समाज र राष्ट्र बुझ्न साहित्यको लेखन र अध्ययनमा लाग्नुपर्ने बताउँदै गुरुङले मञ्चको प्रयासको प्रशंसा गर्नुभयो ।  
विशेष अतिथि पाठशाला उपन्यासका लेखक तीर्थ गुरुङले मातृभाषामा कलम चलाउनुपर्ने बताउँदै गुरुङ भाषाकै रचना सुनाउनुभएको थियो । कार्यव्रmममा सुरज गुरुङ, रोशन गुरुङ, सम्राट गुरुङलगायतले रचना वाचन गर्नुभएको थियो ।
साधारण सभाले महासचिव रोशनी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जसु गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सो अवसरमा समाजसेवी दुर्गा घोतानेले संस्थालाई ९ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology