Prakash

दुबईकाे सिर्जना वाचन डबलीको दशक शृङ्खलामा नवराज क्षितिजलाई सम्मान

पोखरा, पुस ३० गते । दुबईमा कार्यरत नेपाली साहित्यप्रेमीहरुको अभियान स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको १० औँ शृङ्खला सम्पन्न भएको छ । सोही अवसरमा गीतकार तथा गजलकार नवराज क्षितिजलाई दशौँ शृङ्खलासम्म पु¥याएको योगदानको कदर गर्दै ढाका टोपी र खादा ओढाई सम्मान गरिएको थियो ।
नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदानसँगै सम्पन्न कार्यव्रmममा दलबीर सिं बराईली घायल, आदिल सर्बर नेपाली, जे सागर, अथाहसागर तीर्थमान, नबराज क्षितिज, कृष्ण बिश्वकर्मा अमन एकल राजिब संघर्षी, लक्ष्मण कुबर, दूर बस्तीको शिशिर, बि राज नेपाली इन्धन डिबि भण्डारी, बिनोद सेन पाल्पाली, सरोज रावल संगम, कान्छो भूपेन्द्र आचार्य लगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यव्रmममा इनास अलऐनका उपाध्यक्ष दीपा सुवेदी, सचिव विव्रmम परियार, एन आर एन अलऐनका गोपाल पौडेललगायलते नयाँ वर्षको शुभकामना दिनुभएको थियो । ११ औँ शृङ्खला युएईको राजधानी आबुधाबीमा मार्च महिनाको दोस्रो शुव्रmबार हुने साहित्यकार अथाहसागर तीर्थमानले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology