प्रहारन्युज डेक्स

फेसियल गर्दा एस्तो गल्ति नगर्नुहोस्, नत्र अनुहार नै बिग्रन सक्छ

सौन्दर्यका लागि फेसियल ट्रेन्ड नै छ । छालाको स्वास्थ्यका लागि पनि यो आवश्यक छ । तर, फेसियल गर्दैमा छाला सुन्दर र स्वस्थ हुन्छ भन्ने होइन । गलत फेसियलले छालाको सौन्दर्यमा झनै आँच ल्याइदिन सक्छ । स्किन प्रोफेसनल पभी गुरुङले फेसियल गर्दा हुन सक्ने कतिपय गल्ती औँल्याएकी छिन् :

स्किनको लाइनिङअनुसार फेसियल गरिएन भने नकारात्मक नतिजा आउँछ । सामान्य व्यक्तिलाई स्किन लाइनिङबारे खासै ज्ञान हुँदैन । कसैले भनेको या कतै देखेको भरमा फेसियल गर्दा गल्ती हुन्छ । विज्ञबाटै फेसियल गराउँदा या विज्ञसँग ज्ञान लिएर फेसियल गर्दा छाला बिग्रिने सम्भावना रहँदैन ।

फेसियल गर्ने विधि मात्रै होइन, प्रयोग गरिने प्याक गलत पर्दा पनि छाला बिग्रिन सक्छ । छालाको प्रकृतिअनुसार प्याक आवश्यक पर्छ । चिल्लो, कडा, नरम र डन्डिफोर आएको छालामा फरक–फरक प्याक चाहिन्छ । जस्तै : डन्डिफोर आएको अनुहारमा हनी प्याक लगाउँदा झनै डन्डिफोरले सताउँछ भने सुक्खा छालामा लेमन प्याक लगाउँदा झनै सुक्खा गराइदिन्छ । त्यसैले कसैको छाला राम्रो गरायो भन्दैमा प्याक छनोट गर्नु गल्ती हुन्छ । आफ्नै छालाअनुसारको प्याक मात्रै प्रयोग गर्नुपर्छ ।

छालामा सीधै प्याक लगाउँदा पनि गल्ती हुन्छ । क्लिन्जिङ गरेपछि खुलेका छालाका प्वालमा पहिले पोषण दिनुपर्छ । प्वाल खुलेको अवस्थामा सीधै प्याक लगाउँदा छाला झनै बिगार्छ । क्लिन्जिङ गरेको छालामा टोनिक र मोस्चराइजर प्रयोग गरेपछि भिटामिन इम्प्रुभ हुन्छ । टोनिकमा हाइड्रेटको ब्यालेन्स पाइन्छ भने मोस्चराइजरले नेचुरल मोस्चराइजर फ्याक्टरको ब्यालेन्स मिलाउँछ । यसपछि डिप लगाउनुपर्छ । डिपले स्किनको प्वालभित्रका टक्सहरू बाहिर फाल्छ । टक्सहरू फालेपछि स्किन पुछेर फेरि भिटामिन इम्प्रुभ गरेर मात्रै प्याक लगाउनुपर्छ ।
प्याक लगाउँदै गर्दा पनि केही ‘टेक्निक’ अपनाउनुपर्छ । खुला छालामा सकेसम्म सीधै प्याक लगाउनु राम्रो होइन । अनुहारमा क्लज (पातलो कटन) ओछ्याएर मात्रै फेसप्याक लगाउनु पर्छ । क्लजले प्याकको अनावश्यक तत्वलाई फिल्टर गरेर छालामा पु¥याउन सक्ने नकारात्मक असरबाट जोगाउँछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology