प्रहारन्युज डेक्स

उत्तर र दक्षिण कोरियाको वार्ता अमेरिकासँगको सैन्य अभ्यासले रद्द

सोल । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासप्रति आक्रोस व्यक्त गर्दै उत्तर कोरियाले बुधवारका लागि तय भएको दक्षिण कोरियासँगको वार्ता रद्द गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसिएनएले सैन्य अभ्यासलाई अतिक्रमणका लागि उत्तेजित बनाउने र आक्रमणको पूर्व तयारीको संज्ञा दिएको छ ।

उत्तर कोरियाले आफ्ना नेता किम जोङ्ग ईल र अमेरीकी राष्ट्रपति डोलान्ड ट्रम्पबीच आगामी जुन १२ मा हुने भनिएको शिखरवार्ताको भविष्य पनि अनिश्चित हुने चेतावनी दिएको छ ।

मार्चमा भेटवार्ताका लागि किमले दिएको निम्तो ट्रम्पले स्वीकार गरेपछि त्यसलाई विश्वभरी नै आश्चर्य मानिएको थियो । किमको निम्तो स्वीकार गरेर ट्रम्पले ट्विट गर्दै लेखेका थिए ‘शिखर बैठकलाई हामी दुईजनाले विश्व शान्तिका लागि विशेष क्षण बनाउने प्रयत्न गर्नेछौं ।’

उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता रद्द गरेपनि किमसँगको शिखर वार्ताको लागि तयारी जारी राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकाले उत्तरको धारणामा कुनै परिवर्तन आएकोबारे आफूलाई थाहा नभएको जनाएको छ । गत अप्रिल २७ मा दुई कोरियाली शिखर नेतृत्वबीच भएको दुर्लभ वार्तापछि बुधवारको बैठक तय भएको थियो । बीबीसी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology