प्रहारन्युज डेक्स

  • १४

छोरीलाई ७० चोटि बञ्चरोले हिर्काएर घरमा लगाइन् आगो,यस्ता पनि आमा

अमेरिकाको ओक्लाहोमामा रहेकी एक आमाले आफ्नी जेठी छोरीलाई बञ्चरोले ७० चोटि हिर्काएपछि घरमा आगो लगाएर त्यहाँबाट अरू तीन छोरी लिएर भागेको खबर छ ।

ताहीरा अहमद नामक ती महिलालाई तुलसा शहरमा मंगलवार दिउँसो पक्राउ गरिएको छ ।

उनले आफ्नी ११ वर्षीया छोरीलाई सोमवार राति आक्रमण गरेको अनि आठ वर्षीया छोरीलाई लिएर भागेको आरोप अधिकारीहरूले लगाएका छन् ।

अहमदविरुद्ध आगजनी, बाल दुर्व्यवहार, आक्रमण तथा ज्यान मार्ने उद्योगको मुद्दा लगाइएको छ । उनलाई जमानतरहित कारावास सजाय सुनाइएको छ ।

एघार वर्षीया छोरीको स्थिति अझै गम्भीर छ ।

पक्राउ पुर्जीमा भएको बयानअनुसार, अहमदले अनुसन्धान अधिकारीहरूलाई आफू बालबालिकाहरूबाट चिन्तित रहेको र उनीहरूले पढ्दै आफूलाई हेरिरहेको मन नपरेको बताइन् । अहमदले आफ्ना तीन छोरीलाई बाँधेर कपडाले
मुखमा कोचेको अनि जेठीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । बालिकाहरूले के पढिरहेका थिए भन्ने खुलेको छैन ।

आठ वर्षीयाले नौ वर्षीया दिदीलाई भाग्न मद्दत गरेको अनि बीचकी छोरी चाहिँ छिमेकीकहाँ मद्दत लिन पुगेको प्रहरीले बतायो । अधिकारीहरू त्यहाँ आइपुग्दा ११ वर्षीया बालिका जलिरहेको घरमा थिइन् र अहमद तथा कान्छी छोरी
गायब थिए ।

अहमदले आफ्ना तीन छोरीलाई बाँधिरहँदा जेठी छोरीले प्रतिकार गरेकी थिइन् जसले गर्दा अहमदले उनलाई ७० चोटि हिर्काइन् । छोरीको टाउकोमा पनि उनले धेरैचोटि हिर्काएको अनि घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

जेठी छोरीको कम्मरमा बञ्चरोले हानेका अनेकौं घाउ अनि गोडा, घाँटी, हात र अनुहारमा पनि धेरै चोटहरू देखिएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा उल्लेख भएबमोजिम अहमदले जेठी छोरी मरोस् भनेर घरमा आगो लगाएकी थिइन् ।

एजेन्सी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology