के छ ? जैमिनी नगरपालिका मियरका उमेदवार प्रकाशको महत्वाकांक्षी योजना


नयाँ  शक्ति  पार्टी नेपालको तर्फ बाट जैमिनीनगरपालिकाको मियर पदको उमेद्वार प्रकाश बहादुर क्षेत्रीले  आफ्नो बिजय पछी यस क्षेत्रमा बिकाश को लहर ल्याउने बताएका छन् प्रहार न्युजसंगको कुराकानीमा उनले यस्तो बताएका हुन्   उनले यस क्षत्रका  धार्मिक स्थलको विकास गर्ने पर्यटनको राम्रो सम्भावना रहेकोले जैमिनीमाइकोस्थान कोट हुँदै हाडिकोट डाडा र गाजाको दह सम्म रिङरोड र टेकिङ रुट बिकास गर्ने  जस्ता महत्वाकांक्षी योजना समेत अगाडी सरेका छन्  

 

 

तपाईंको जैमिनी नगरपालिकाको मियर पदमा उमेद्वारी दिनु भयको छ तपाईको उमेदवारि चुनाब जित्नको लागि होकी के को लागि ?

होइन मेरो उमेद्वारी चुनाब जित्नको लागि मात्र होइन चुनाब जितेर जैमनि नगरपालिकाको दिगो बिकास र भ्रस्टाचार मुक्त जैमनि नगरपालिका बनाउनको लागि नै हो र यस क्षेत्रको बिकाश को लागि नै मेरो मियर पदको उमेद्वारी हो l

तपाई  जुझारारू युवा पुरानो  र अनुभवि नेताहरुसंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ कस्तो अनुभुति  हुदैछ  ?

उहाँ हरु पुरानो पुस्ताको नेतुत्व हो उहाँ हरुले निजि र सामाजिक जीवन मा जे जति गर्नु पर्ने हो त्यो योगदान पूरा गर्नु भयो त्यस्कोलागि उहाँ हरु धन्यवादकोपात्र हुनुहुन्छ तर अबको युगको नेतृत्व को आबश्यकता पुरानो नेतृत्वबाट होइन नया क्षमता र प्रतिभा सहितको नया नेतृत्व बाट मात्रै सम्भव छ तेसैले उहाँ हरुको विश्राम र आराम गर्ने समय हो भन्ने महसुस गरेको छु उहाँहरुको लागि बृद्ध वृद्धाको स्याहार केन्द्र खोल्ने नीति अगाडि सार्नु पर्दछ

चुनाव जित्नु हुन्छ ?

मेरो उमेदवारि नै मनोबैज्ञानिक हिसाबले जित हो  

कसरी ? 

किनकि उहाँ हरु मसंग प्रतियोगिताको दैडमा प्रतिस्प्धा को क्षमता राख्नु हुन्न दोस्रो कुरा उहाँ हरु सग पुरानो सोच छ म संग नया सोच छ लक्ष्य छ त्यो भनेको बिकास समृद्धि र रोजगारी को एजेन्डा जनता मा स्थापित हुनु पनि जित हो र जितका लागि धेरै भन्दा धेरै युवाहरुको साहनुभुति र सद्भाव प्राप्त गरेको छु

चुनाब जितेपछि जैमनी नगरपालिकालाई कस्तो बनाउनु हुन्छ के छ योजना ?

यस नगरपालिकाको लागि मेरो मस्तिस्कमा बनेको चित्र कस्तो हो भने यस क्षत्रका  धार्मिक स्थलको विकास पर्यटनको राम्रो सम्भावना रहेकोले जैमनि माइकोस्थान कोट हुँदै हाडिकोट डाडा र गाजाको दह सम्म रिङरोड र टेकिङ रुट बिकास गर्ने नै हो

राजनीतिमा युवाहरुको चाहना घट्दै गैरहेका बेला तपाईले  राजनीति लाईनै मुख्य बाटो बनाएर हिड्नु भयो नि  ?

परम्परागत राजनीति र राजनीतिक दल ले व्यवस्था त बदले तर जनताको अबस्था जनजिबन र दैनिकी बद्लन सकेन्न रपचासै लाख युवा हरु विदेश पलायन भयरश्रम र पसिना बेच्न बाध्य भय स्वदेश मा रोजगारी को अवस्था सूजना नहुदा राजनीति प्रती युवामा बितिष्ण भयर राजनीति मा संगलनता छैन तेसैले हामीले युवालाइ रास्ट्रनिर्माणको बाटोमा अगाडि बडाउने बैकल्पिक विचार र वैकल्पिक राजनीति को माध्यम बाट युवा लाई रास्ट्र र जनताको हितमा काम गर्ने र युवा लाई भबिष्यको कणदार भन्ने कथन बाट होइन कि बर्तमानको हिस्सेदार र जिम्मेवार नेतुत्वको रुपमा युवाहरुलाइ अबसर दिनु पर्छ भन्ने मान्यता स्थापित गर्न चाहन्छौं र मेरो राजनीतिक यात्रा पनि तेसैको लागि हो र गन्तब्य पनि तेही हो

जनताले फोहोरि खेलको संज्ञा दिईरहेका छन् तपाई केभान्नु हुन्छ  ? 

पुरानो राजनीतिक दल ले राजनीति लाई फोहोरि बनाय भ्रष्टाचार क्यानसर जस्तै महामारिको रुपमा फैलियो तेसैकारण युवाहरु र जनता लाई राजनीति फोहोरि हुन्छ भन्ने पर्नगएको कुरा यथार्थ हो।

यदि त्यसो हो भने अब राजनीति लाई सफा गराउनको लागि युबाको भुमिका कस्तो हुनु पर्छ ?

सुसाशन र सदाचार मा आधारित राजनीति लाई स्थापित गर्न नया प्रतिभा र क्षमता सहितका सक्षम युवाले असल राजनिती लाई अगाडि बडाउन वैकल्पिक राजनीति को नेतूत्व गर्न अग्रसर्ता लिनु पर्दछ ।

यसको अर्थ नयाँ शक्ति  बन्नु पर्छ भन्ने हो ?

मैले तेसो भन्न खोजेको पनि होइन तर अब नेपालमा युवाहरु राजनीति लहै लहै को आधारमा भन्दा पनि बुजेर गर्नु पर्छ भन्ने मेरो भनाई हो

पहिले तत्कालिन माओवादीमा हुनुहुन्थ्यो त्यहाँबाट परिबर्तन गर्न सक्नु भएन  ?

माओबादी आन्दोलन राणा बिरोधि र पन्चायत बिरोधि आन्दोलन पछि को राजतन्त्र बिरुद्ध र गणतन्त्र प्रप्तिको राजनीतिक क्रन्ती को अभियान थियो त्यो पूरा भयो त्यस  प्रती म गैरव गर्छु l  अब को युग आर्थिक क्रन्ती र समृद्धि को युग हो तेसैले यो समाज बद्लने अभियानमा भिन्न ढङगले लक्ष्य कार्यदिशा र कार्यक्रम सहितवअगाडि बडने नयाँ शक्ति पाटि ले दुष्टिकोण अगाडि सारेको ले मैले  आफुलाइ समर्पित गर्ने पहल लिने सुरुवात र हिम्मत गरेको छु।

प्रहार मार्फत अन्त्यमा के भन्न चाहानु हुन्छ ?

अन्त्यमा …जैमिनि न.पा बासि उत्पिडित समुदाय विकट र दुर बर्ति क्षेत्र का जनता तथा बिसेश गरेर अबको युगको निणायक युबा हरुले बिबेक पुराउनु हुनेछ र नया शक्ति पाटि नेपाल को एक हातले समातेको मसाल चुनाव चिन्न मा मतदान गरि अत्याधिक मतले मलाई बिजयि गराउन विनम्रतापुर्वक अपिल र अनुरोध गर्दछु ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार