यसरी घटाउन सकिन्छ पेटको बोसो


पछिल्लो समयमा विकास हुँदै गइरहेको सहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण मानिसमा धेरै किसिमका रोग देखा पर्दै छन् । हामीले खाना खाँदा पनि खासै ध्यान दिएको पाइँदैन । धेरै चिल्लो, पिरो खाने, माछा मासु धेरै खानेजस्ता कुराले हाम्रो तौल अत्यधिक बढिरहेको हुन्छ । जसका कारण हामी अरूसँग बोल्दा, हिँड्दा अप्ठ्यारो महसुस गरिरहेका हुन्छौँ । कसैको शरीरभन्दा पेट पुट्ट निस्केर हैरान बनाएको हुन्छ । पेटमा भएको बोसो योगका माध्यमबाट कम गर्न सकिन्छ ।

योग गर्नका लागि मानसिक रूपमा पूर्ण तयार हुनुपर्छ । यसपछि मात्र योग सुरु गर्नुपर्छ । त्यसपछि योग गर्नका लागि सजिलो आसन छान्नुपर्छ । शरीरलाई यताउता चलाउन सजिलो हुने गरी आसन रोज्नुपर्ने हुन्छ । त्यसपछि आरामसँग आसनमा बस्नुपर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार