यी हातबाट सबै सबै खसिजानेछन् – बिनय सरगम


म बालकै छदाँ
आमा संग
त्यो बाटोमा हिड्ने गर्थे
हाँस्दै हास्दै
खेल्दै उफृदै
एक दिन-यी हातबाट खेलाईरहेको बल
एक्कासी खस्यो र हरायो तिनै बाटोमा

एक दिन
त्यो बाटोलाई छपक्कै
ढाकेको थियो-हुस्सुले
एक जना कोइ चिने जस्तै लाग्ने तिमी
हिडिरहेको थियौ
चिसो सिरेतोले उडाएको तिम्रो गल्बन्दी
समाउन खोज्दा-खोज्दै
यिनै हातबाट खसेको थियो
एउटा गुलाब

उमेरको पत्ताहरु संग संगै
रहरका कोपिलाहरु ओइलिए
बाध्यताको बादल भित्र
सपनाका जुनहरु लुके
कहिलेकाही मुहारमा सजिने हाँसोहरु- ताराहरु बने र खसे
रोक्न खोज्दाखोज्दै-
कहिलेकाहीँ आशु-शीत बने र खसे

आफ्नै आवस्यक्ताहरु
खोचिमा भरिए झै भए-र झरे
जिबनको रंगहरु बिस्तारै बिस्तारै ओइलिए-
र झरे कतै
अब बाँकी छन त एउटा
संसार खस्न-
एक दिन त्यो पनि खस्नेछ

यो हातबाट सबै सबै
खसिजानेछन

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार