खतरनाक दुश्मन- मनु बिद्रोही


अझै पनि हार र जितको शृङ्खला चलीरहन्छ
खतरनाक दुश्मनको जस्तो हमला चलिरहन्छ

उतारचढावहरुले बाधा पुर्‍याउन सक्दैन
गन्तव्य तर्फ लम्किदै मेरा पैतला चलिरहन्छ

अभाव सामु उभिएर आत्मसमर्पण गर्‍यो भने
खुट्टा तान्नेहरुलाइ पनि हौसला चलिरहन्छ

अरुको सफलतामा खुसी हुन जान्यौ भने मात्र
निरन्तर मुस्कुराउने तिम्रो कला चलिरहन्छ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार