प्रहार न्युज

हेर्दाहेर्दै खस्यो विमान : प्रत्यक्षदर्शी

काठमाडौँ – हामी अफिसको सातौँ तलमा बैठकमा थियौँ त्यहाँबाट विमानस्थलको सम्पुर्ण दृश्य राम्ररी देखिन्थ्यो । करिब दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको देखेँ । यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

हेर्दा त्यहाँको घरममै ठोकिन्छ जस्तो थियो । त्यो अनियन्त्रितजस्तो देखियो । विमानको त्यो अवस्था देख्नेबित्तिकै मलाई त्यसमा समस्या छ जस्तो लाग्यो ।

कार्यकक्षमा रहेका अन्य सहकर्मीले पनि विमानको त्यो अवस्था देखे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरको माथिबाट हुँदै जहाज त्यहाँ रोकेर राखिएको थाई एयरको विमानलाई छुँलाछुँलाजस्तो गरी माथिबाट त्यो विमान उडेको जस्तो देखियो ।

मलाई त त्यहा उडानका लागि तयार अवस्थामा रहेको सौर्यको एयरलाईन्सको प्लेनमा गएर ठोकिन्झैँ लागेको थियो । विमान धानवमार्ग रन वै भन्दा फरक दिशामा थियो । धावनमार्ग एकातिर छ तर त्यो विमान अर्कोतिर गएको देख्नेवित्तिकै हामीलाई अब दुर्घटनामा पर्यो भन्ने भयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology