प्रहारन्युज डेक्स

कार्गो सामान लिएर सिमिकोट उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन

बिहान कार्गो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ।

९ एन एजेयु कल साइन जहाज बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन। जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।

उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।

पाइलट किरन भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो।

अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ। थप जानकारी केही बेरमा

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology