प्रहारन्युज डेक्स

मकालु बिमानका दुवै पाइलटको मृत्यु, मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याईयो

सुर्खेत : मकालु एयरको नाइन एन जेयु जहाजका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको जहाज दुर्घटनामा मृत्यु भएको छ। पाइलट भट्टराई र कोपाइलट नेपालीको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाल दुवैको घटनास्थलमै शव फेला परेको छ। मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटाना बुधबार बिहान जहाज दुर्घटना हुँदा सुर्खेतबाट हुम्ला कार्गो विमान लिएर गएका पाइलट र कोपाइलटको ज्यान गएको हो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology