प्रहारन्युज डेक्स

५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद

काठमाडौंका विभिन्न स्थानबाट एक हजार दरका नक्कली नोटसहित छ जना पक्राउ परेका छन् । अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।

सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology