प्रहारन्युज डेक्स

बाबुरामले ट्वीट गर्दै भने “ओली र प्रचण्ड बादर हुन,पुच्छर काट्दैमा मान्छे बन्दैन”

आश तमु पोखरा- एमाले र माओवादी बीच एकता हुँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कटाक्ष गर्दै पार्टी ओली र प्रचण्डलाई वादरको संज्ञा दिएका छन
दुई पार्टी एकताबारे ट्वीट गर्दै भट्टराइले ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’भन्दै कटाक्ष गरेका हुन।

एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ ।

उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।

केही महिना देखी पार्टी एकताको तयारी गर्दै आएका दुई कम्युनिष्ट पार्टी बिच आज पार्टी एकता हुदै छ।
एकता सयोजन समितिको बैठक बसेर केही कुरा टुङगाए पछी आज नै ४ बजे पत्रकार सम्मेलन गरी एउटै पार्टी घोषणा गर्ने तयारी रहेको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology