प्रहारन्युज डेक्स

  • १४

केके निर्णय गर्दै छ,एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा ?

एमाले–माओवादी एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा  शुरु भएको छ ।

एमाले र माओवादी केन्द्रबीच लामो समयदेखि एकताको प्रयासमा रहेकोमा आज हुन लागेको पार्टी एकताको निर्णय लिन बैठक बसेको हो ।

बैठकले एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अनुमोदन गर्नेछ ।त्यस्तै दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय लिने बताइएको छ ।

१७ असोज ०७४ मा राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरेका दुवै दलले साढे सात महिनापछि आज सभागृहमै पत्रकार सम्मेलन गरेर एकीकृत पार्टी घोषणा गर्न लागेका छन् ।

मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology