प्रहारन्युज डेक्स

एमाले केन्द्रीय समितिको बैठक बस्दै,नयाँ ४० जनामा पर्नको लागि यी यी नेताको दौडधूप

नेकपा एमालेले माओवादी केन्द्रसँगको पार्टी एकताका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

एमालेमा २ सय जना केन्द्रीय सदस्य छन् अब एकतापछि बन्ने पार्टीका लागि एमालेका तर्फबाट ४० जना केन्द्रीय सदस्य थपिने छन् । ४० जनामा पर्नको लागि एमालेमा दौडधूप शुरु भएको छ ।

माओवादीसँगको पार्टी एकतापछि बन्ने नयाँ पार्टीमा ४ सय ४१ केन्द्रीय सदस्य रहने छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले माओवादी केन्द्रसँगको पार्टी एकतालाई अनुमोदन गर्ने कार्यतालिका छ । माओवादी केन्द्रले पनि आजै २ सय जनाको टुंगो लगाउँदैछ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology