प्रहारन्युज डेक्स

नाकाबन्दीका बेला ओलीले लिएको अडान मोदी नेपाल आउंदा उदाङगीयो-मोहन वैद्य

बुटवल- राज्य सक्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले एक कार्यक्रममा बताएका छन् ।

क्रान्तिकारी युवा लिग–प्रदेश ५ ले बुधबार बुटवलमा गरेको युवा जनमार्च कार्यक्रमलाई सम्बोधन गदैं बैद्यले अहिले पनि नेपाली जनताको हातमा राज्य सक्ता नआएको भन्दैं क्रान्तिकारी शक्ति र देशभक्तहरुलाई गोलवन्द गर्ने अभियानमा पार्टी लागेको बताए ।

एमाले–माओवादी केन्द्रतर्फ इंगित गदैं उनले बाम,कम्युनिष्ट र देशभक्त पनि नभएको जिकिर गरे ।

नाकाबन्दीका बेला ओलीले अडान लिएर राष्ट्रवादी देखिए पनि अहिने नरेन्द्र मोदी नेपाल आउंदा देखाएको प्रवृतिले उसको राष्ट्र उदाङगीएको दावी गरे ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology