प्रहारन्युज डेक्स

वडा अध्यक्षहरुले दुव्र्यवहार गरेको भन्दै सम्पुर्ण कर्मचारी आन्दोलित

सल्यान । सल्यान जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाका वडा अध्यक्षहरुले दुव्र्यवहार गरेको भन्दै सम्पुर्ण कर्मचारी आन्दोलित भएका छन् ।

नगरपालिकाका सम्पुर्ण कर्मचारीले वडा नम्बर ४ र ५ का वडा अध्यक्षहरुले आफुहरुलाई दुव्र्यवहार गरेको भन्दै हिजो बुधवार बाट कार्यालयको सम्पुर्ण काम ठप्प पारेका हुन् ।

यसरी कर्मचारीले काम गर्न छाडेपछि कार्यालय बाट स्थानीयले पाउने सक्पुर्ण सेवा पुर्ण रुपमा बन्द भएको छ ।

नगरपालिका भित्रकाका केही वडा अध्यक्षले सधै आफुहरुलाई हेप्ने र धम्काउने गरेकोले आफुहले काम गर्न छाडेको प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्यले बताए । कर्मचारी लाई धम्काउने र जबरजस्ती काम गर्ने प्रवृतिको अन्त्य नहुँदा सम्म आफुहरु कामकाज तिर नफर्किने उनले बताए ।

यता वडा नं ५ का वडा अध्यक्ष कमल विकले आफुहरुले कर्मचारीलाई कुनै दवाव नदिएको र नितीमा रहेरै काम गर्न अनुरोध गरेको बताए । तर राजनितीक रुपमा प्रेरित कर्मचारीले योजनाका कतिपय निवेदनका मुद्दाहरु फालि दिएको वताए । विवादित योजनाका मुद्धा कुनैको सुनुवाई नभई सम्झौता गरिदिएको र आफ्ना वडाका केहि योजनाका मुद्दामा कर्मचारीले बल्झाएकोले आफुहरुको आपती रहेको उनले बताए ।

नगर प्रमुख गोविन्द पुनलेपनि कर्मचारी र वडाध्यक्ष बिच विवाद हुँदा नगरपालिकाको कामकाज ठप्प भएको स्वीकार गरेका छन् ।

हिजो बुधवार प्रशासकिय अधिकृत लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारीले बैठक बसी समस्या मिाधान नहुँदा सम्म कामकाज भन्ने बैठकको निर्णय आफुलाई पेश गरेको उनले बताएका छन् । यस विषयमा नगर उप प्रमुख अहिले नगर बाहिर रहेकाले कार्यालयमा उपस्थित हुने बित्तिकै बैठक बसी यस विषयमा छलफल गर्ने उनले बताए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology