प्रहार न्युज

पार्टी एकता कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो भने प्रचण्डले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भएर नेकपा बनेको हो । घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज नै नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेताहरु पुगेका थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी एकता घोषणा कर्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नेपाली जनताको चाहाना र देशको आबस्यकताले भएको बताएका छन्  । प्रचण्डले भने देशले अब यहाँ भन्दा राजनीति अस्थिरता र राजनीतिक अराजकता बहन गर्न नसक्ने औलायर हामीले नेपाल कम्युनिष्ट निमाण गरेका हौँ  । उनले नेपालको राजनीतिमा कम्युनिस्ट हरुले संसार लाई थर्काउने खालका आन्दोलन गरे पनि सत्तामा पुगे पछि जनता बाट स्खलित हुने र जनताले मिची मिची मर्ने खालका क्रियाकलाप गर्ने गरेको प्रचण्डले धारणा ब्यक्त गरे

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology