प्रहार न्युज

यसरी कायम राखे एमाले–माओवादीले राष्ट्रवादी छवि

काठमाडौं – भारतीय पक्षले लगाएको नाकाबन्दीको विरोध गरेर मुलुकका लागि राम्रो छवि बनाएका एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणमा पनि त्यसलाई झल्को दिने गरेर नेपालीहरूको शिर उँचो बनाएका छन् ।

भारतलाई साथ दिँदै मधेसी समुदायले नाकाबन्दीमा ठूलो सहयोग गरेका थिए । त्यसकै बदलास्वरुप एमाले र माओवादी केन्द्रले अबको नयाँ कार्यसमितिमा ती मधेसी समुदायलाई धेरै स्थान दिएका छैनन् । यसले पनि एमाले र माओवादी केन्द्रभित्र अझै पनि राष्ट्रवादी छवि रहेको स्पष्ट देखाएको छ ।

नयाँ स्थायी समितिमा एमालेका सत्यनारायण मण्डल र माओवादीका मातृका यादवलाई मात्रै स्थान दिइएको छ । नयाँ पार्टीको स्थायी समितिको यो मनोनयनले भारतको सधैँ प्रशंसा गर्ने मधेसीहरूलाई आफ्नो हैसियतमा राखेको एक नेताले बताए ।

‘मधेसी जनता सबैलाई एउटै स्थानमा राख्न सकिँदैन’, एमालेका एक नेताले भने, ‘तर नाकाबन्दीका बेला केही मधेसी जनता र नेताहरूले राष्ट्रियताको पक्षमा बोलेनन् त्यसको बदला लिएका छन् । एमाले र माओवादीले धेरै मधेसी नेताहरूलाई स्थायी समितिमा स्थान दिइएको छैन ।’

एमाले र माओवादी केन्द्रबीच बिहीबार भएको पार्टी एकीकरणलाई धेरै मधेसी जनता र नेताहरूले स्वागत गरेका छन् । तर, नयाँ बनेका कमिटीहरूमा एमाले र माओवादीले स्थान नदिँदा मन अमिलो बन्न पुगेको छ ।

उता, एमाले र माओवादीका नेताहरूले भने आफूहरूको राष्ट्रवादी चरित्रमा कुनै आँच आउन नदिने बताएका छन् । उनीहरूको यो भनाइले राष्ट्रवादी नेपालीहरूको मन उँचो भएको छ । एमाले र माओवादीको यो कार्यको कम्युनिष्ट नेता र कार्यकर्ताहरूले प्रशंसा गरेका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology