प्रहारन्युज डेक्स

काङ्रेस उपसभापती निधीले पार्टी निर्णय बिपरित दाहाल ओलीलाई बधाई दिए पछी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले ट्वीट गर्दै दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो क्षमता प्रदर्शन गरेको बताएका छन् ।

ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् । उनले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।

आफू सुखान्त हुनेमा आसावादी रहेको निधीले बताए । उनले भनेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’ लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकीकरण भएको छ । यो अबसरमा सबैले दिपावली गर्नु पर्ने उनको भनाइ छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology