प्रहारन्युज डेक्स

  • १४

यहाँ बन्दै छ नेकपाको नयाँ कार्यालय,प्रचण्डलाई स्वागत गर्दै छन

नेकपा एमालेकाे केन्द्रीय कार्यालय धुम्बाराहीलाई  नेपाल कम्युनिष्ट पार्टीले नयाँ पार्टीको कार्यालय बनाउने भएको छ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाललाई स्वागतको तयारी भैरहेको बताए।

उनले औपचारिक कार्यक्रम गरी दाहाललाई पार्टी कार्यालयमा स्वागत गर्ने बताए।

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली कार्यालय कमै आउने भएकाले एउटै कोठामा दुबैको बोर्ड राख्ने तयारी गरिएको उनले बताए।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि नै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालका लागि कोठा व्यवस्थापन गरिएकाले समस्या नरहेको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयका सदस्य ईश्वर पोखरेलले पनि सचिवालयले धुम्बाराहीबाट काम गर्ने बताए।

उनले ठूलो पार्टीका लागि नयाँ भवन बनाइने उल्लेख गरे।

‘हामी अब ठूलो पार्टीका लागि नयाँ भवन बनाउँछौ’, पोखरेलले भने, ‘पार्टीको आवश्यकता अनुसारको संरचना तयार गर्नुपर्ने छ।’

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यलायमा नयाँ पार्टीका जनवर्गीय संगठनका कार्यालय रहने भएका छन्।

पार्टी ठूलो भएकाले पार्टीको जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडामा राख्न लागिएको हो।

‘मोर्चा संगठन र जनसंगठन सबैको कार्यालय पेरिसडाँडाबाट परिचालन गर्छौं’, नेता श्रेष्ठले भने, ‘पार्टी परिचालन धुम्बाराहीबाट गर्छौं।’सेतोपाटीले लेखेको छ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology