प्रहारन्युज डेक्स

पेट्रोलियम पदार्थको मूल्य ४ पटक मूल्यवृद्धि गरिसकेको सरकारले फेरि बढाउने तयारी गर्दै

पेट्रोल, डिजेल र मटीतेलको ३ महिनामै ४ पटक मूल्यवृद्धि  गरिसकेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालाे लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो ।

तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology