प्रहारन्युज डेक्स

तीन महिनामा लगभग ५८ करोड फेक अकाउन्ट बन्द गरिदिए फेसबुकले

संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबूकले सन् २०१८ को पहिलो तीन महिनामा लगभग ५८ करोड ३० लाख फेक अकाउन्ट बन्द गरिदिएको छ ।

कम्पनीका अनुसार, उसले यो कदम कम्युनिटी स्ट्यान्डर्ड कायम राख्नका लागि अनि समाजमा हिंसा, यौन वा आतंकवादी प्रोपागान्डा र हेट स्पीचलाई नियन्त्रण गर्नका लागि उठाएको हो ।

क्याम्ब्रिज एनालाइटिका डाटा लीक भएपछि विवादमा आएको फेसबूक हरेक दिन खुल्ने लाखौं फेक अकाउन्टमा रोक लगाउने प्रयास गरिरहेको छ । तर यति ठूलो कदम उठाएपनि सबै सक्रिय अकाउन्टमध्ये ४ प्रतिशत जति प्रोफाइल फेक भएको बताएको छ ।

फेसबूकले लगभग शत प्रतिशत स्प्याम पहिचान गर्छ र उसले पछिल्लो तीन महिनामा ८३७ मिलियन युजर पोस्ट डिलिट गरेको छ । यसबीचमा फेसबूकले हिंसा, सेक्स, आतंकवाद जस्ता विषय भएका पोस्टका विरुद्ध चेतावनी जारी गरको छ ।

फेसबूकको दाबीअनुसार, आर्टिफिसियल इन्टेलिजेन्समार्फत ८५.६ प्रतिशत आपत्तिजनक पोस्टको पहिचान गर्ने बताएको छ । हालै फेसबूकले प्रयोगकर्ताको निजी जानकारी प्रयोग गर्ने २०० भन्दा बढी एपहरूलाई आफ्नो प्लेटफर्मबाट हटाएको थियो ।

एजेन्सी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology