प्रहारन्युज डेक्स

पेरिस डाँडा र बल्खु घुम्दै दुई अध्यक्ष ओली र प्रचण्ड,महासचिव पाैडेलले कार्यभार समाले

पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दुई वटै केन्द्रीय कार्यालय अवलोकन गर्नुहुने भएको छ । अध्यक्षद्धय ओली र दाहालले एमालेको धूम्रबाराही र माओवादी केन्द्रको पेरिसडाँडामा रहेका केन्द्रीय कार्यालय अवलोकन गर्न लाग्नु भएको हो ।

एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढाइने भएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने नेकपाको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गर्नुभएको छ । उहाँलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतका नेताले स्वागत गर्नुभएको थियो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology