प्रहारन्युज डेक्स

सुन काण्डमा ठुला माछा पर्ने सम्भावना,गोरेको समितिलाई बयान “म त भरिया अनि एजेन्ट मात्र हु”

३३ किलो सुन प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले   समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेका छन् । तर गोरेले आफुलाई सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट भएको मात्र खुलाएका छन् ।

गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन् । उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन् । ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए । साथै गोरेले आफू सुनको वास्तविक मालिक नभएको बताए । उनले यो पनि भन्न भ्याए कि, ‘आफू भरियाको काम गर्ने र कमिसनको पैसा खाने गरेको छु ।’

दुवई हुँदै तस्करी गरेर ल्याएको सुन नेपाल तथा धेरै जसो भारतमा लगेर बेच्ने गरेको उनले बयानमा बताएका छन् । छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्धा चलाइसकेको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology