प्रहारन्युज डेक्स

तत्कालीन एमालेको केन्द्रीय कमिटीबाट किक आउट भएका नेताहरु

काठमाडौं । नेकपा केन्द्रीय कमिटीबाट  तत्कालीन एमालेको केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई हटाइएको छ । अन्य केही नेता भने पदीय जिम्मेवारीका कारण केन्द्रीय कमिटी बाहिर परेका छन् ।

नेकपामा तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ  अटाएनन् । मैनालीमाथि यसअघि नै कारबाहीको निर्णय भएको थियो । उनले आत्मकथामा माधव नेपाल, केपी ओली लगायतका नेतामाथि लान्छानायुक्त कुरा लेखेको आरोप थियो ।

एमालेको स्थायी कमिटी बैठकमै माधव नेपालले कारबाहीको माग गरेका थिए । त्यस्तै रुपनारायण श्रेष्ठमाथि पनि मोरङको स्थानीय चुनावका बेला आर्थिक मामिलामा कमजोरी गरेको अभियोगमा कारबाहीको प्रक्रिया चलिरहेको थियो ।

साबिक केन्द्रीय कमिटीमा रहेकामध्ये गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएका कारण राजीनामा दिएका थिए । त्यस्तै प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल र प्रदेश ३ का सभामुख सानु श्रेष्ठले पनि पदीय जिम्मेवारीका कारण राजीनामा दिएका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology