प्रहारन्युज डेक्स

स्व.मदन भण्डारीका चालक अमर लामालाई गोली हाने जस्तै नहोस “गोरे”को पनि

यतिबेला देशको सुन काण्ड गम्भीर मोडमा उभिएको छ । मान्नुस अब लहरो तान्दा पहरो घर्किने वाला छ । तर त्यसका लागि हाल सुनको निशानामा परेका गोरेले थोरै हिम्मत गर्नुपर्छ ।

सुन तस्कर भनिएका गोरे (चुडामणि उप्रेती) भूमिगत छन् । सुन काण्ड गोरे दाईमा आएर अड्किएको छ तर यो काण्ड गोरेमा मात्रै सिमित भने कदापि छैन ।

पुर्ब अर्थमन्त्री तथा हालका सभामुख कृष्णबहादुर महराको भाषामा गोरे पनि अझै सुन खाने सानो माछा हुन । ठुला माछा अझै भूमिगत छन् अर्थात पर्दा पछाडी छन् ।

तिनै सुन खाने ठुला माछालाई पर्दा अगाडी ल्याउन अब गोरे दाइले हिम्मत गर्नुपर्छ ।

यति ठुलो ३८ क्विन्टल सुन तस्करमा देशको ठुलै मन्त्रीको सहभागी छ, यसमा कुनै संका छैन । मन्त्रीको सहभागीता बिना यो सम्भव पनि छैन । तसर्थ सारा देशवासीको एउटै आग्रह छ । अब त्यो सुन खाने ठुलो माछा अर्थात मन्त्री को हो जनतालाई थाहादेउ ।

मानिस हिड्ने बाटो आफुखुसी बन्दैन, उक्त बाटो निर्माण हुँदा बस्तु परिबेशको भूमिका प्रदान हुन्छ । त्यहि बस्तु परिबेशले गोरेदाई तिम्रो सुनको बाटो निर्माण भएको हो । ठुला माछाको आडमा सुनको बाटो कोरिएको हो, यी सबै कुरालाई भुलेर अब हिम्मत गर ।

अनि देश र जनतालाई साँछी राखेर भन्नै पर्छ, देशको सुन तस्कर फलानो हो ।

घातहरुलाई भुलेर, देशका लागि एकपटक सेवा गर्ने अन्तिम मौका ठानेर, सुन तस्करको मुख्य नाइकेलाई जनता सामु ल्याउदेउ । जनताले तिमीलाई आममाफी दिनेछन । आत्म सम्मान दिनेछन । भुल सुधार गर्नु मानवको पहिचान हो तर ढाकछोप गर्नु महाअपराध हो ।

एकपटक हृदय खोलेर यो सन्देश पढिदेउ गोरेदाई । परदेशमा पसिना बेचेर गास जुटाउने युवा सुबास शर्माले असुरक्षित इतिहास खोतल्दै तपाईलाई यस्तो सन्देश पठाएका छन् । जसले तिम्रो सानो आँट भित्र देशको भबिस्य भेटिने छ ।

‘स्वर्गीय नेता मदन भण्डारीको हत्याको एक मात्र प्रमाण चालक ‘अमर लामा’लाई काठमाडौको बीच सडकमा गोली हानी हत्या गरेर, सबै प्रमाणहरु नस्ट गरे जस्तै यदि…, अहिलेका सुन काण्डका नाइके भनेर चिनिने चुडामणि उप्रेती (गोरे) ले समयमै बुद्धि पुर्याएर मिडियालाई सबैकुरा बताई, प्रहरी समक्ष आत्मसमर्पण गरेनन् भने, हिजो तस्करीमा ऊनी संगै सहकार्य गर्दै आएका ठुला माछा भनेर चिनिने नेताहरुले नै उनलाई दोस्रो अमर लामा बनाएर घटनालाई रहस्यको गर्भमा लुकाएर राख्नेछन्।

त्यत्रो सुन तस्करी गर्न सक्ने दिमागले यो कुरा पक्कै बुझेको होला। यति सानो दुनियाँमा तपाई कति समय लुकेर बस्ने ? अहिले तपाईलाई बचाईरहेका, भगाईरहेका नेताहरुले नै भोलि तपाईलाई नै समाप्त गरिदिने छन्।

आफू फस्ने प्रमाणलाई कसैले धेरै समय सम्म जतन गरेर राख्दैन।

त्यसैले अब अन्तिम बुद्धि प्रयोग गरेर आफ्नो ज्यान बचाउ गोरे दाइ। मिडियाले तिम्लाई पर्खेर बसेको छ। खोल्देउ सबैको पोल। जनताको नजरमा अलिकति भएपनि राम्रो देखिने यहीँ नै अन्तिम सुत्र हो।साभार पोष्टपाटी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology