विदेशमा रहेका नेपालीको समस्याबारे सरकार सचेत छ

                                   

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेको नेपालीका समस्या समाधान गर्न सरकार सचेत रहेको बताएका छन् । ‘१०औँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आइतबार भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा रहेको नेपालीका समस्या समाधान गर्न सरकार सचेत रहेको बताएका हुन् ।

 

प्रधानमन्त्रीले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशीला भएको बताउँदै विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् ।

 

प्रधानमन्त्री दाहालले राजनीतिक रूपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रूपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताएका उनको निजी सचिवालयले जनाएको छ । उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उल्लेख गरे ।

 

ऊर्जा सम्मेलनबारे प्रधानमन्त्रीले भने, ‘हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्दि«त गर्न खोजेका छौँ, म विकासका कामलाई केन्द«मा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको छु ।’

 

दाहालले आफ्नो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरूका समस्यालाई उच्च प्राथमिकता दिएको भन्दै ब्लड मनी (हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने लगायत महत्वपूर्ण विषयमा सरकारले काम गरिरहेको जानकारी दिएका छन् ।

 

प्रधानमन्त्रीले विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको विश्वास दिलाएका सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास वैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति - मङ्लबार, माघ ४, २०७३