कोरियाका लागि कामदारको कोटा घट्ने

                                   

काठमाडौं– रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट विश्वका १५ राष्ट्रबाट कामदार आपुर्ति गर्दै आएको दक्षिण कोरियाले कामदारको कोटा घटाउने भएको छ । दक्षिण कोरिया सरकारले सन् २०१७ को लागि २०१६ को तुलनामा २ हजार जनाको कोटा घटाई कुल ५६ हजार कामदारको कोटा निर्धारण गरेको हो ।
सन् २०१६ मा कामदारको कोटा ५८ हजार रहेको थियो भने सन् २०१५ मा झण्डै ४३ रहेको थियो ।
सन् २०१३ बाट अबैधानिक रूपबाट कोरियामा भियतनामी कामदारको संङख्या बृद्धिको कारण देखाउँदै भियतनाममा कोरियन भाषा परिक्षा बन्द गरिएको थियो । यस वर्षदेखि भने त्यहाँ भाषा कक्षा पुनः सुचारु गरिने भएको छ । यसबाट नेपाल लगायत अन्य राष्ट्रको श्रमकोटाको संख्यामा कटौती हुने देखिन्छ ।
सन् २०१६ मा कोरियाली उत्पादन बस्तुको खपतमा कमी, जहाज निर्माण एवम् ढुवानी ब्यबस्थाको अवस्था दयनिय भएको लगायतका कारणबाट कोरियाको श्रमबजारमा श्रमीकको माग कम हुँदै गएकाले कोटाको संङख्या बृद्धि गर्न नसकिएको रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ । अर्थबजारमा केहि सुधार हुने बित्तिकै अर्को बर्ष श्रमकोटा बढाउन सकिने पनि मन्त्रालयले बताएको छ ।
त्यस्तै सन् २०१७ का निम्ति कोरिया पुनः प्रवेश गर्न पाउने कम्प्युटरमा आधारित परिक्षालाई(सिबिटि) रोजगार प्रक्रिया प्रणाली अवलम्बन गरेका १५ राष्ट्रमा श्रमकोटा अभावका कारण मानव संशाधन बिभाग (एचआरडी)ले स्थगित गरेको छ ।
जसको कारण सन् २०१२ मा कोरिया सरकारले निर्धारण गरि कोरिया लगेका अनुमानित ६० हजार कामदार सन् २०१७ को अन्त्यसम्म स्वदेश फर्किए तापनि पूनः कोरिया फर्कन चाहने कामदारले सिबिटि परिक्षामा उपस्थिती जनाउने सम्भावना ज्यादै कम हुनुको साथै प्रतिस्पर्धा तिब्र हुने देखिन्छ ।

प्रकाशित मिति - मङ्लबार, माघ ४, २०७३