प्रहारन्युज डेक्स

मोदीले बोलाउनुभएको छ, नयाँदिल्ली जाने तयारी गर्दैछु प्रचण्डले भने

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू भारत भ्रमणमा जाने तयारी गरिरहेको बताएका छन्।

छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगर पालिकाको एकिकृत विकास गुरुयोजना सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले यो कुरा बताएका हुन्।

’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उहाँले तपाईं विकासको एजेण्डामा मात्रै कुरा गर्न मिलाएर आउनुस् भन्नुभएको छ।. म जाने तयारी गर्दैछु’ प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँको भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतले तपाईं पनि तयारी गरिराख्नुस्, विकासको मुद्दामा मात्रै कुरा गर्न भनेर चिनिया कम्युनिष्ट पार्टीको पनि निम्ता आइ नै सकेको छ।’

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology