प्रहारन्युज डेक्स

चुम्लिङटार दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो, चारको अवस्था गम्भीर

चितवन : मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारा भएको दुर्घटनाका गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

मृत्यु हुनेमा चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेको प्रहरीले जनाएको छ। मृतक अन्य तीन जनको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कजेल र एक जनाको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। दुर्घटनामा आठ जना घाइते भएका छन्।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology